निःस्वार्थी उपसभामुखलाई हटाउन नहुने माओवादी अध्यक्षको भनाई

निःस्वार्थी उपसभामुखलाई हटाउन नहुने माओवादी अध्यक्षको भनाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई हटाउन नहुने बताउनुभएको छ । बालबालिकाको विकास र सेवामा निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन नहुने उहाँको भनाई छ । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेकी उपसभामुख रानामगरलाई हटाउनु कदापी उचित नरहेको उहाँको ठहर छ । 

सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले प्रतिनिधिसभाको अभिलेखबाट हिंसा शब्द नहटेसम्म संसद बैठक अवरुद्ध हुने बताउनुभयो ।
 

टिप्पणीहरू