प्रधानन्यायाधीश र माओवादी अध्यक्ष एउटै उडानमा

प्रधानन्यायाधीश र माओवादी अध्यक्ष एउटै उडानमा
सुन्नुहोस्

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर पुग्नुभएको छ । उहाँहरुसहित १४ जनाको टोली बुद्ध एअरको उडान नम्बर बीएचए ७०९ मा आज बिहान सवा ११ बजे काठमाडौंबाट त्यसतर्फ गएको बताइन्छ ।

फरक कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ र माओवादी अध्यक्ष प्रचण्ड विराटनगर पुग्नुभएको हो । सोही उडानमा सर्वोच्च अदालतका न्यायाधीशहरु प्रकाशमान सिंह राउत, प्रकाशकुमार ढुंगाना, मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठ पनि विराटनगर जानुभएको छ ।

टिप्पणीहरू