पुरानो संविधान जगाउन दुई जनाको धर्ना
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि २०४७ सालको संविधान जगाउन माग गर्दै दुई सदस्यीय टोलीले माइतीघरमा धर्ना दिएको छ ।
राजतन्त्र पुर्नबहाली महाअभियाअन्तर्गत ‘राष्ट्रवादीहरुको साझा संगठन नेपाल' का तर्फबाट अभियन्ता माया पाण्डे र अर्का एकजना आज बिहान माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा शान्तिपूर्ण धर्नामा बसेका हुन् ।
त्यसक्रममा बैदिक सनातन हिन्दुराज्य र राष्ट्रका लागि राजा' '२०४७ सालको संविधान आजको आवश्यकता' लेखिएको ब्यानर प्रदर्शन गरिएको छ ।
टिप्पणीहरू