अख्तियारको प्रतिवेदन राष्ट्रपतिको हातमा

अख्तियारको प्रतिवेदन राष्ट्रपतिको हातमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । 

प्रमुख आयुक्त प्रेमकुमार राईले आज शीतल निवास पुगेर आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् । 

शीतल निवासमा आयोजित एक समारोहमा संविधानको धारा २९४ बमोजिम अख्तियार प्रमुखले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू