समाजवादी त्यागेका लोकबन्धुलाई एमाले अध्यक्षको गृहजिल्लामा माओवादीको स्वागत

समाजवादी त्यागेका लोकबन्धुलाई एमाले अध्यक्षको गृहजिल्लामा माओवादीको स्वागत
सुन्नुहोस्

झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिर्तामोडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका र खादा लगाएर उनीहरु माओवादीमा मिसिएका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वाम बुद्धिजीवीका रुपमा सकृय रहँदै आएका थिए । उनीसहित एमालेको जिल्ला तथा नगरस्तरीय नेता–कार्यकर्ता आफ्नो पार्टीमा आएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी प्रवेश गर्ने अन्य नेता–कार्यकर्तामा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु लिम्बु,सेखर लामिछाने विजय लामा, पवन राजवंशी, महेश कार्की, मन्नी देव, मनोज गेलाल, पर्वत लामा, शान्ता लिम्बु, शिबु राजवंशी, कला ढकाल, रिता ढकाल, सत्र रिजाल, मदन भण्डारी, कुमार भट्टराई, खगेन्द्र कट्टेल, देव कट्टेल, पुण्यप्रसाद खनाल र अनिता गिरी छन् ।

त्यसैगरी, राखेक दर्नाल, अभिशेष कालिकोटे, टिका अधिकारी, पुजा महत, सुष्मा सुवेदी, राम बहादुर चेम्जोङ, गंगाप्रसाद आचार्य,सरस्वती बस्नेत, सन्तोष पर्साइ, प्रेम्बा दोर्जे तामाङ, सुसिला भुजेल,भविबन्द्र लिम्बु, सञ्जिव आम्दाम्बे,रुपादेवी सिवाकोटी, सुक्ला राजवंशी, अनिल राई,शंकर थापा, सुवास सुवेदी, पदम भण्डारी, चन्द्रप्रसाद नेपाल, विशाल राजवंशी, नेहा राजवंशी, स्नेहा राई, रामबहादुर कार्की, पदम सम्भाहाम्फे, सिता लिम्बु, मणी खनाल, विनोद ढकाल,सिता श्रेष्ठलगायत आफ्नो पार्टीमा प्रवेश गरेको माओवादीले जानकारी दिएको छ ।

त्यस्तै, जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा समायोजन भएको पनि बताइएको छ ।

माओवादीमा प्रवेश गर्दै कन्दङ्वा जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने एकमात्र पार्टी माओवादी केन्द्र भएको बताए । माओवादीसित एजेन्डाको कमी नभएको र त्यसको कार्यान्वयन भए उसलाई कसैले छुन नसक्ने उनको दावी छ ।

टिप्पणीहरू