संसद अधिवेशन अन्त्यअघि प्रधानमन्त्रीको सम्बोधन, सभामुखलाई प्रतिवेदन

संसद अधिवेशन अन्त्यअघि प्रधानमन्त्रीको सम्बोधन, सभामुखलाई प्रतिवेदन
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्न लाग्नुभएको छ । दिउँसो १ बजे डाकिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ ।

माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक स्थगित गरिएको थियो । त्यसअघि बुधबारको बैठक पनि माओवादीका कारण अवरुद्ध भएको थियो ।

यता सरकारले आजै राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । 

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गरेको प्रतिवेदन पनि दिउँसो सभामुखलाई बुझाउने कार्यक्रम छ । समितिका सातै जना सदस्यले बिहान ११ बजे हस्ताक्षर गरेपछि दिउँसो १ बजे सभामुख देवराज घिमिरेलाई बुझाउन लागिएको हो ।
 

टिप्पणीहरू