प्रधानमन्त्री जाने कार्यक्रममा बालेनका समर्थक बाहिरै

प्रधानमन्त्री जाने कार्यक्रममा बालेनका समर्थक बाहिरै
सुन्नुहोस्

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ । 

इन्द्रजात्राको प्रमुख दिन आज राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थहरुको उपस्थिति रहने हुनाले सो क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।इन्द्रजात्राको अवसरमा आज दिउँसो सवा २ बजे वसन्तपुरमा विशेष समारोह आयोजना हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली उक्त समारोहमा सहभागी हुने बताइएको छ ।  

यसअघि बिहान आयोजित समारोहमा भाग लिन पुगेका एक दर्जन बढी युवायुवतीलाई समारोहस्थलबाट निकालिएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को तस्वीर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर पुगेका उनीहरुले प्रधानमन्त्रीको विरोध गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले समारोहस्थलबाट केही पर लगेर छोडेको हो । 

मेयर बालेन भने कार्यक्रममा सहभागी हुने छैनन् । उनी अहिले भारतमा छन् ।

टिप्पणीहरू