सहकारी छानबिन प्रतिवेदन मन्त्रालयमा पठाउने क्याबिनेट निर्णय

सहकारी छानबिन प्रतिवेदन मन्त्रालयमा पठाउने क्याबिनेट निर्णय
सुन्नुहोस्

सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाउने निर्णय गरेको छ ।

आज साँझ साढे ६ बजेदेखि सवा ८ बजेसम्म सिंहदरबारमा बसेको क्याबिनेट बैठकले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित विशेष संसदीय समितिले संसदमा अस्ति बुझाएको प्रतिवेदन संसद सचिवालय मार्फत् सरकारलाई प्राप्त भएपछि कार्यान्वयनको निम्ति मन्त्रालयमा पठाउन लागिएको छ । 

समितिले सूर्यदर्शन, सुप्रिमलगायत विभिन्न सहकारी संस्थाको बचत रकम गोर्खा मिडियामा अपचलन भएको जनाउँदै जीबी राई, कुमार रम्तेल, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही सिफारिस गरेको छ ।

आजको बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

टिप्पणीहरू