कतारबाट प्रधानमन्त्रीको स्टाटस- मन मेरो नेपालमै छ

कतारबाट प्रधानमन्त्रीको स्टाटस- मन मेरो नेपालमै छ

संयुक्त संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज बिहान काठमाडौँबाट अमेरिकातर्फ लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली कतार पुग्नुभएको छ । 

स्थानीय समय अनुसार दिउँसो साढे १ बजे उहाँ दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल उत्रनुभएको हो । प्रधानमन्त्रीलाई त्यहाँस्थित नेपाली राजदूत र कर्मचारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीले आफू दोहा पुगेको फेसबुकबाट जानकारी पनि गराउनुभएको छ । आधा घण्टाअघि उहाँले लेख्नुभएको छ, 'कतार आइपुगेका छौं । जहाँ भए पनि मन त नेपालमै छ ।'

 हिजो राजदरबारअगाडि आयोजित सांगीतिक कन्सर्टको भिडियो शेयर गर्दै उहाँले कतार पुगे पनि मन नेपालमै भएको बताउनुभएको हो ।

टिप्पणीहरू