दुई महिला मन्त्रीको भेटमा इण्डो प्यासिफिकको सल्लाह

दुई महिला मन्त्रीको भेटमा इण्डो प्यासिफिकको सल्लाह
सुन्नुहोस्

परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा न्युयोर्कमा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सामेल हुनुअघि क्यानाडाको ओटावा गइन् ।

गत बुधबार क्यानाडाली विदेशमन्त्री मेलानी जोलीसँग उहाँको द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा राणाले नेपालमा दूतावास स्थापना गर्न क्यानाडालाई आग्रह गरेकोलगायतका समाचार त बाहिर आए । तर,स्वयम् क्यानाडाकी विदेशमन्त्री मेलानीले सामाजिक सञ्जालमा बकायदा नेपाली समकक्षीसँग इण्डो प्यासिफिक स्ट्राटेजीबारे कुराकानी भएको सार्वजनिक गरेपछि भने तरङ्ग छाएको छ ।

उनले भेटघाटको फोटोसहित मन्त्री राणासँग दुई मुलुकबीचको सम्बन्धलाई इण्डो प्यासिफिक स्ट्राटेजी र जनस्तरमा कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेबारे गहन छलफल भएको लेखेकी छन् ।

त्यहाँस्थित नेपाली दूतावासले नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष,आपसी हित र चासोका साथै आर्थिक लगानी एवम् साझेदारीलगायतका विषयमा कुराकानी भएको उल्लेख गरेको छ । मन्त्री राणा समकक्षी जोलीको आमन्त्रणमा टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन गएकी थिइन्  ।

क्यानाडाबाट न्युयोर्क जानुअघि उनले रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुसँग भेटवार्ता गरेको बुझिएको छ ।

टिप्पणीहरू