पद पारदर्शी,काम ठ्याक्कै उल्टो

पद पारदर्शी,काम ठ्याक्कै उल्टो
सुन्नुहोस्

काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी झण्डै एक हप्तापछि विदेशबाट फर्केका छन् । गत मंगलबार सिंगापुर गएका उनी गएराति आएका हुन् । 

चौधरी सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा राति साढे ९ बजे काठमाडौं आइपुगेका र कूटनीतिक राहदानी बोकेर हिँड्ने चौधरी आफ्नै व्यापारिक समूहको हिसाबकिताब मिलाउन प्रायः विदेश गइरहन्छन् । भदौ तेस्रो साता उनी दुबई हुँदै फर्केका थिए । 

चौधरी प्रायःभारत,श्रीलंका, बंगलादेश,युएई,सिंगापुर,हङकङ, फिलिपिन्स जाउआउ गर्छन् । ती मुलुकमा उनका विभिन्न होटल, वाइवाइ कारखाना, रियलस्टेटलगायत व्यवसाय छन् । उनले भारतमा रहेको वाइवाई कारखानामा प्रि आईपिओ फण्ड जारी गर्ने हालै ब्लुमबर्ग टेलिभिजनमा घोषणा गरेका छन् ।

चौधरी कोभिड महामारी अघिसम्म साधारण राहदानी नम्बर ०६८८३६३५ बोक्थे । २०२० को मार्च १० तारिखमा कूटनीतिक राहदानी नम्बर ००२८८५० प्रयोग गरेर नेपाल आएको देखिन्छ । उक्त राहदानी सन् २०१८ अप्रिल ५ का दिन पाँच वर्ष चार महिनाको निम्ति जारी भएको थियो । त्यसपछि नयाँ राहदानी बनाइएको छ । कोरोनाको समयमा साधारण राहदानीको पृष्ठ सकिएपछि सन् २०२० अक्टोबरमा नयाँ राहदानी प्रयोग गरेका थिए । जसको नम्बर ११८१६९६९ हो ।

सन् २०२२ मे ३० तारिखका दिनदेखि बीए ०००६२९८ नम्बरको साधारण इ–पासपोर्ट पनि आवश्यकताअनुसार बोक्ने गरेको पाइन्छ ।

चौधरी झैँ माननीयको लोगो भिर्दै कूटनीतिक राहदानी बोकेर नियमित विदेश जाउआउ गर्नेमा परिवार दलका अध्यक्ष तथा एमाले सभासद एकनाथ ढकाल पनि छन् । होली वाइन बितरकको आरोप लागेका उनी प्रायः दक्षिण कोरिया, फिलिपिन्स,अष्ट्रेलिया गइरहन्छन् । ढकाल एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रियमध्येमा पर्दछ्न् ।

टिप्पणीहरू