गंगालालमा रन्जिताको मुटुको अपरेसन, बाहिर रेशमको बिलौना

गंगालालमा रन्जिताको मुटुको अपरेसन, बाहिर रेशमको बिलौना

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रन्जिता श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । सो पार्टीका संरक्षक रेशमलाल चौधरीले आज सामाजिक सञ्जालबाट पत्नीको अपरेसन हुन लागेको जानकारी गराएका हुन् ।

अपरेसन सफलतासँगै उनले पत्नीको स्वास्थ्यलाभको पनि कामना गरेका छन् । ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष तथा मेरो श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई मुटु अपरेसन कक्षमा लगिएको छ’, रेशमले लेखेका छन्  ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना । अपरेसन सफल होस् ।’

पत्नीको अपरेसन हुँदै गरेको जानकारी दिएका रेशमले यसबारे थप जानकारी गराएका छैनन् । तर, रन्जितालाई बोलाउन राजनीतिक दलका नेता नआएको आसयको गुनासो गर्दै भनेका छन्, ‘अस्ति तिम्रो स्टाटस आएको थियो, भकारी रित्तिएपछि मुसाले त घर छोडेर जान्छन् आमा ! तिमी आफन्तको कुरा गर्छौ । संजोग आज यस्तै भयो– तिम्रो मुटु अपरेसन कक्ष बाहिर हामी आफन्त सिवाय कोही छैनन् ।’

गत आम निर्वाचनबाट एकाएका उदाएको नागरिक उन्मुक्ति पार्टीमा सरकारको विषयलाई लिएर रेशम र रन्जिताबीच लामो समयदेखि किचलो हुँदै आएको छ । तर पछिल्लो समय उनीहरुले मिलेर जाने निर्णय गरेका छन् ।

टिप्पणीहरू