भलबाढी र पहिरोले धादिङमा बालिका बेपत्ता
गजुरी गाउँपालिका-२ गुम्बाडाँडा भन्ने ठाउँमा दुई जना पहिरोले पुरिएका छन् । गुम्बाडाँडाको पहिरोमा परी बेनिघाट रोराङ गाउँपालिका-६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तोष चेपाङ बेपत्ता भएका हुन् ।
खोलामा माछा मारेर ओढारमा बस्ने क्रममा माथिबाट आएको पहिरोले दुबै जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
त्यस्तै गजुरी गाउँपालिका-८ घट्टेखोलाले ६ वर्षिय बालिका बेपत्ता पारेको छ । मोटरसाइकलमा यात्रा गरिरहेको बेला गजुरी गाउँपालिका-८ दोभानखर्कका सलान तामाङकी छोरी युना तामाङलाई भलले बगाएको हो ।
बालिकासंगै बगेका सलान भलबाट उत्रिए पनि छोरीलाई ठाडो खोलाको भलले बेपत्ता बनाएको प्रहरी निरिक्षक सिलवालले जानकारी दिए । निरन्तर पानी परिरहेकोले दुबै घटनाका बेपत्ता भएकाहरुको खोजी गर्न कठिनाई भएको उनले बताए ।
टिप्पणीहरू