पहिरोमा पुरिएका बसबाट थप सात शव निकालियो

पहिरोमा पुरिएका बसबाट थप सात शव निकालियो

धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खाेलामा पहिरोले पुरिएको बसबाट थप ७ जनाको शव निकालिएको छ ।

प्रहरीका अनुसार हाइस गाडीबाट शव निकालिएको हो । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

यसअघि आज बिहान ३ र शनिबार राति १४ जनाएको शव निकालिएको थियो । योसँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु हुनेको संख्या २४ पुगेको प्रहरीले जनाएको छ । 

पहिरोमा बस र माइक्रोबसहरु पुरिएको बताइएको छ । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।

टिप्पणीहरू