प्रधानमन्त्री अमेरिकामा, सिंहदरबारमा सर्वदलीय बैठक

प्रधानमन्त्री अमेरिकामा, सिंहदरबारमा सर्वदलीय बैठक

कार्यवाहक प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरोले पुर्याएको धनजनको क्षति र राहत तथा उद्धारका सम्बन्धमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । 

बैठकमा मन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख तथा प्रतिनिधि र सांसद उपस्थित छन् । 

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत,रास्वपाका सांसद विराजभक्त श्रेष्ठ, राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीलगायत बैठकमा सहभागी भएका हुन् ।

बिहिबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा ठूलो धनजनको क्षति भएको छ । हालसम्म १२८ जनाको ज्यान गएको छ भने ८० भन्दा बढी बेपत्ता छन् । पहिरोले तीन दर्जनाभन्दा बढी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

टिप्पणीहरू