बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या बढ्यो

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या बढ्यो

काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या थपिएको छ ।  

नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार १२९ जनाको ज्यान गएको हो । त्यस्तै, हालसम्म ६२ जनाको अवस्था अज्ञात रहेको छ भने ८६ जना घाइते भएका छन् । 

प्रहरीले अहिलेसम्म बाढी, पहिरो र डुबानमा परेका तीन हजार २६६ जनाको सकुशल उद्धार गरेको जानकारी दिएको छ । बाढीपहिरोका कारण अधिकांश राजमार्ग तथा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जनाउँदै प्रहरीले लामो यात्रामा ननिस्किन पनि अनुरोध गरेको छ ।

टिप्पणीहरू