उध्दार गर्दागर्दै ज्यान गुमाए कर्णेल र बिदेशीले

उध्दार गर्दागर्दै ज्यान गुमाए कर्णेल र बिदेशीले

सिन्धुपाल्चोक पहिरोमा परी ज्यान गुमाउने दुई जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको NA-055 हेलिकोप्टरमा शव ल्याइएको हो । 

हिजो सुनकोशी गाउँपालिका–४ सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाउँदा सेनाका लेफ्टिनेन्ट कर्नेल मिलन केसी र कोरियन नागरिक योचङच योङको ज्यान गएको थियो । रिसोर्ट बगेपछि उद्धार क्रममा पहिरोमा पुरिएर केसीको मृत्यु भएको हो । 

उनीहरुको हिजै शव भेटिएको भए पनि आज काठमाडौँ ल्याइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

दुवै शव अहिले टिचिङ हस्पिटलमा राखिएको छ ।  त्यस्तै, सेनाकै अर्को NA-038 MI-17 हेलिकोप्टरमा पहिरोमा सामान्य घाइते ४३ जनाको उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

टिप्पणीहरू