पृथ्वी राजमार्गमा एकतर्फी सवारी सञ्चालन, विपी राजमार्ग बन्द

पृथ्वी राजमार्गमा एकतर्फी सवारी सञ्चालन, विपी राजमार्ग बन्द

बाढीपहिरो र डुबानपछि बन्द रहेका केही राजमार्ग र सडक मार्ग खुलेका छन् । केही अझै बन्द रहेको र एकाध आंशिक रुपमा खुलेको जनाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार पृथ्वी राजमार्गको काठमाडौं –मुग्लिङ खण्ड एकतर्फी खुलेको छ । ठाउँ ठाउँमा गएको पहिरो र रोकिएका सवारी साधनका कारण उक्त राजमार्ग आंशिक मात्र खुलेको छ ।

मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ –पोखरा सडक खण्डमा सवारी साधन गुड्न थालेका छन् । तर काठमाडौं –सिन्धुली जोड्ने विपी राजमार्ग अझै बन्द छ । सिन्धुलीका धेरै ठाउँमा बाढीले राजमार्ग बगाएको छ ।

यता काठमाडौंबाट दक्षिणकाली हुँदै हेटौंडा जोड्ने सडकमा पनि सवारी साधन गुड्न थालेका छन् । पूर्व–पश्चिम राजमार्गको चितवन–बुटवल खण्ड खुलेको छ । काभ्रेपलाञ्चोक–दोलखा, बेनी–मुस्ताङ, झापा–इलाम र कैलाली– बझाङ सडक पनि खुलेको जानकारी दिइएको छ ।
 

टिप्पणीहरू