प्राकृतिक विपद् तथा राहत कोषमा एमालेको ५० लाख

प्राकृतिक विपद् तथा राहत कोषमा एमालेको ५० लाख

नेकपा एमालेले बाढीपहिरो प्रभावितका लागि प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा आज बबरमहलस्थित होटल बसेरामा बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको छ । 

सचिवालय बैठकलगत्तै सिंहदरबारस्थित संसद सचिवालयमा एमाले संसदीय दलको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले मुलुक गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा रहेको उल्लेख गर्दै सबैलाई उद्धार, राहत र स्वयंसेवामा लाग्न आह्वान गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू