प्रधानमन्त्रीको प्रेस मिटको एजेण्डा : बाढीपहिरो र अमेरिका भ्रमण

प्रधानमन्त्रीको प्रेस मिटको एजेण्डा : बाढीपहिरो र अमेरिका भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलनको तयारी छ । 

प्रधानमन्त्री ओलीले हालैको अविरल वर्षा, बाढी र पहिरोबाट पुगेको जनधनको क्षतिका बारेमा सम्बोधन गर्नुहुने बताइएको छ।

यसैगरी, संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भएको आफ्नो प्रस्तुतीका बारेमा समेत उहाँले जानकारी दिनुहुने सचिवालयले जनाएको छ ।
 

टिप्पणीहरू