स्वयंसेवक परिचालन अभियानसँगै बल्खुपछि प्रचण्ड नक्खुमा

स्वयंसेवक परिचालन अभियानसँगै बल्खुपछि प्रचण्ड नक्खुमा

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले बाढीपहिरो प्रभावितको उद्धार तथा पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान शुरु गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बल्खुको सुकुम्बासी बस्तीबाट अभियान प्रारम्भ गर्नुभएको हो । त्यहाँको स्थलगत अवलोकनपछि उहाँले विपत् व्यवस्थापनमा भएका कमजोरी समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

मौसमको पूर्वानुमान हुँदाहुँदै सरकारले विपत् व्यवस्थापन पूर्वतयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको प्रचण्डको भनाई छ । संकटको घडीमा सत्ता र प्रतिपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न उहाँले सबैलाई अपील पनि गर्नुभयो ।

२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसपटक पनि जनताको पीडा र दु:खमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रचण्डले आजै नक्खुस्थित प्रभावित क्षेत्रको पनि अवलोकन गर्ने बताइएको छ ।

तस्बिरहरु

टिप्पणीहरू