न्युयोर्कको थ्रेट

न्युयोर्कको थ्रेट

प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्युयोर्कमा गर्न लागिएको स्वागत कार्यक्रम अचानक रद्द भएछ । कारण हो– सुरक्षा खतरा । दुनियाँकै सबैभन्दा सुरक्षित भनिएको देशमा ओली असुरक्षित ! यो त हुनै नसक्ने । तर भइदियो । यहाँसम्म कि पूर्व निर्धारित कार्यक्रमसमेत रद्द भयो । 

अब अमेरिकामा ओलीमाथि आक्रमणै गर्ने खालका मानिसहरूचाहिँ को होलान् त ? कहाँबाट आयो यो थ्रेट ? बुझ्दा थाहा भयो, यो त नेपालीहरूबाटै आएको थ्रेट रहेछ । नेपालमा ओलीलाई थ्रेट दिन सक्ने हैसियत कसैको छैन । किनभने नेपालमा कसैले थ्रेट दियो कि युवा संघका अरिंगालले झम्टिहाल्छन् । अमेरिकामा त युवा संघ छैन । त्यसैले जसले पनि थ्रेट दिने हैसियत राख्छ । यसैबाट थाहा हुन्छ, अमेरिकामा पनि युवा संघको एउटा युनिटचाहिँ राख्नै पर्ने भएछ । त्यहाँ युवा संघ भएको भए कसैबाट पनि यस्तो धाकधम्की आउने थिएन ।

थ्रेटका कारण कार्यक्रम क्यान्सिल भयो । तर यसले ओलीलाई त केही पनि घाटा पारेको छैन । घाटा त स्वयम् न्युयोर्कवासीलाई भयो । उखान तुक्का सुन्नबाट उहाँहरू जो बञ्चित हुनुभयो ।   

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू