सर्वोच्चमा विशेष अदालतको आदेशविरुद्ध आधा दर्जन पुनरावेदन

सर्वोच्चमा विशेष अदालतको आदेशविरुद्ध आधा दर्जन पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतबाट विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी छ वटा मुद्दाको फैसलामा चित्त नबुझेको जनाउँदै आज सर्वोच्च अदालत पुगेको छ ।

अख्तियारका अनुसार पद्य विनोद पोखरेल प्रतिवादी रहेको भ्रष्टाचारको मुद्दामा विशेषले गत फागुन १८ गते दिएको सफाइप्रति चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरिएको हो । त्यस्तै सप्तरी बरमझियाको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक दिलीपकुमार गुप्तासमेत तीन जनाविरुद्धको मुद्दामा पनि विशेषले सफाई दिएकोमा पनि आयोगले सर्वोच्च गुहारेको छ । 

प्रतिवादी नगरप्रमुख धर्मेन्द्रप्रसाद पटेलसमेत रहेको मुद्दा, प्रतिवादी शिवराज सेढाईंसमेत रहेको भ्रष्टाचारको मुद्दा र प्रतिवादी नयराज नेपाल समेत रहेको भ्रष्टाचार मुद्दामा पनि विशेषले सफाई दिएपछि अख्तियार पुनरावलोकनका लागि सर्वोच्च पुगेको हो । त्यस्तै प्रतिवादीहरु टंकदत्त प्याकुरेलसमेत रहेको अर्को भ्रष्टाचारको मुद्दामा पनि विशेषले गरेको फैसाप्रति आयोगले चित्त बुझाएको छैन । ती मुद्दामा भएको आदेशमा पुनरावलोकनको निम्ति अख्तियार सर्वोच्च गएको हो ।

टिप्पणीहरू