साइबर ब्यूरोका डिआइजीविरुद्ध शोभा पाठक गृहमा

साइबर ब्यूरोका डिआइजीविरुद्ध शोभा पाठक गृहमा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक (जानुका) ले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख डिआइजी नविन्द अर्यालविरुद्ध उजुर हालेकी छन् । उनले गृह मन्त्रालयमा गत असोज १० गते उजुरी दायर गरेकी हुन् । 

अर्यालले पदीय मर्यादाविपरीत कार्य गरेकाले उनलाई कारबाही हुनुपर्ने उजुरकर्ताको मागदाबी छ । विभिन्न सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेर साइबर क्राइम गरेको भनी पटकपटक उजुरी दर्ता गर्दा पनि उनले अनुसन्धान अगाडि नबढाएको पाठकको आरोप छ । 

दर्ता नम्बर २६९८ भएको उजुरीमा भनिएको छ,‘विभिन्न व्यक्तिको नामै किटान गरी प्रमाणसहित मैले उजुरी हाल्दा पनि साइबर ब्यूरोले न त मेरो कुनै उजुरी दर्ता गर्यो न कुनै कानुनी प्रक्रिया नै अगाडि बढायो । आखिर ममाथि कसैले साइबर अपराध गरेको प्रमाण हुँदाहुँदै पैसा,पावर र पहुँचको आडमा निज कार्यालय प्रमुख नविन्द अर्यालले ममाथि अन्याय गरेको,निजले पदीय जिम्मेवारी र मर्यादालाई समेत ख्याल नगरी अमर्यादित,अनुचित, गैरकानुनी,गैर जिम्मेवारपूर्ण तरिकाले कार्य गरेकोले निज साइबर ब्यूरो प्रमुख नविन्द अर्याललाई हदैसम्मको कारबाही गर्न माग गरी प्रस्तुत निवेदन पेश गरेको छु ।’

‘त्यो नम्बर उनकै हो । उनले त्यसमा हजबेण्ड उल्लेख गरेका छन् । अस्पतालको सबै बिल पनि उनले नै भुक्तान गरेका हुन् । यत्रो प्रमाण हुँदाहुँदै पनि दाबी नपुग्ने भन्दै मुद्दा तामेलीमा राखियो । म थप प्रमाण जुटाउँदै छु । न्यायको लागि सर्वोच्च अदालतसम्म जान्छु’,

सो उजुरीमाथि गृहले कारबाही अगाडि बढाएको छ । शाखा अधिकृत मार्शल पन्तले आवश्यक कारबाहीका लागि उजुरीको सक्कल पत्र गृहमन्त्री रमेश लेखकको सचिवालयमा पठाएका छन् । यता, पाठकले बस्नेतविरुद्ध सर्वोच्च अदालत गुहार्ने तयारी गरेकी छन् । अथाह प्रमाण हुँदाहुँदै पनि पैसा र पहुँचको आधारमा पीडितलाई थप पीडा पुर्याउने काम प्रहरी प्रशासन र न्यायालयबाट भएको उनको भनाइ छ । 

भारतको गुरगाउँस्थित तुलसी हेल्थकेयरमा पाठकको उपचारको क्रममा बस्नेतले आफू बिरामीको श्रीमान् भएको उल्लेख गरेका छन् । ‘त्यो नम्बर उनकै हो । उनले त्यसमा हजबेण्ड उल्लेख गरेका छन् । अस्पतालको सबै बिल पनि उनले नै भुक्तान गरेका हुन् । यत्रो प्रमाण हुँदाहुँदै पनि दाबी नपुग्ने भन्दै मुद्दा तामेलीमा राखियो । म थप प्रमाण जुटाउँदै छु । न्यायको लागि सर्वोच्च अदालतसम्म जान्छु’,उनले भनिन् । 

लामो समय ‘लिभिङ टुगेदर’ मा रहेका भनिएका बस्नेत र पाठकबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । दुवैले एकअर्कामाथि विभिन्न आरोप लगाउँदै आएका छन् । उनीहरुको सम्बन्ध प्रहरीदेखि अदालतसम्म पुगेको छ ।

 

 

टिप्पणीहरू