विमानस्थलमा मन्त्रीको चार घण्टा लामो छलफल, यात्रु पाँच घण्टा लाइनमा

विमानस्थलमा मन्त्रीको चार घण्टा लामो छलफल, यात्रु पाँच घण्टा लाइनमा

छड्के निरीक्षणमा गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार घण्टा बिताउनुभएको छ । बिहान सवा ८ बजे विमानस्थल पुगेर दिउँसो साढे १२ बजे त्यहाँबाट बाहिरिनुभएको बताइन्छ । 

त्यस क्रममा मन्त्री पाण्डेले आन्तरिक छलफल तथा विमानस्थलको स्थलगत अवलोकन गर्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलासहितका पदाधिकारी र मन्त्रीबीच बैठक हलमा भएको लामो छलफलमा निरौलाले विमानस्थलको समग्र अवस्थाबारे मन्त्रीलाई अवगत गराएको बताइन्छ । त्यसपछि कार्यालयले मन्त्रीबाट आवश्यक निर्देशन प्राप्त गरेको थियो ।

यता, काठमाडौंको आन्तरिक विमानस्थलमा यात्रुको भीड थामिनसक्नु देखिएको छ । बाढीपहिरो र डुबानपछि राजमार्गमा यातायात अवरुद्ध भएपछि हवाई यात्रामा चाप परेको हो । काठमाडौंबाट उपत्यका बाहिर हुने अधिकांश विमान कम्पनीका उडान समयमा नभएको बताइन्छ । हिजो दिउँसो काठमाडौंबाट साढे ३ बजे नेपालगञ्ज उड्नुपर्ने श्री एअरलाइन्सको विमान राति साढे ८ बजे त्यसतर्फ गएको थियो । पछिल्लो केही दिनदेखि अन्य उडानमा पनि कम्तीमा एकदेखि तीन घण्टा ढिलो हुने गरेको छ ।

टिप्पणीहरू