काँग्रेस नेतालाई कारबाही माग, माइतीघरको अग्लो पोलमा चढेर नाराबाजी

काँग्रेस नेतालाई कारबाही माग, माइतीघरको अग्लो पोलमा चढेर नाराबाजी

बाँकेकी निर्मला कुर्मीको हत्याको मुख्य अभियुक्त भनिएका नेपाली काँग्रेस लुम्बिनीका नेता बादशाह कुर्मीलाई दण्डको माग गर्दै अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् । लामो समयदेखि माइतीघर मण्डलामा आन्दोलनरत रुवी खानको समूहले आज अपरान्ह विरोध प्रदर्शन गरेको छ । त्यसक्रममा प्रदर्शनकारीले ‘हत्यारालाई कारवाही गर’ ‘पीडितलाई न्याय दे’ जस्ता नारा लगाएका हुन् । 

प्रदर्शनकारीमध्ये एकजना माइतीघरस्थित राष्ट्रिय झन्डा फहराइएको पोलमा चढेपछि भुइँतिर रहेकाले ‘पीडितलाई न्याय देउ’ भन्दै नाराबाजी गरेका थिए । पछि पोलमा चढ्ने महिलालाई प्रहरी टोलीले तल ओरालेको हो ।

हत्या अभियोग लागेका बादशाहलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री नियुक्त गरेका थिए । सर्वत्र विरोधपछि उनले राजीनामा दिएपनि कारवाही नभएको भन्दै पीडितहरु निरन्तर धर्नामा छन् ।

टिप्पणीहरू