स्वदेश फर्केपछि परराष्ट्रमन्त्रीले भन्नुभयो : स्पोर्टस् डिप्लोमेसीको चर्चा गरियो

स्वदेश फर्केपछि परराष्ट्रमन्त्रीले भन्नुभयो : स्पोर्टस् डिप्लोमेसीको चर्चा गरियो

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कनुभएको छ । तीन साता लामो विदेश भ्रमण पूरा गरी उहाँ आज अपरान्ह काठमाडौँ आइपुग्नुभएको छ । 

परराष्ट्रमन्त्री नियुक्त भएलगत्तै भारत जानुभएकी राणा त्यसपछि क्यानडा हुँदै अमेरिका र कतारको भ्रमणमा निस्कनुभएको थियो । विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा भाग लिन भदौ ३१ गते क्यानडा जानुभएकी उहाँ त्यतैबाट अमेरिकाको न्युयोर्क पुग्नुभयो । 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभा बैठकमा सामेल हुन त्यहाँ पुग्नुभएकी राणा देश बाढीपहिरोको चपेटामा परेका बेला भ्रमण छोट्याएर फर्किने आमअपेक्षा भएपनि उतैबाट कतार जानुभयो । राजधानी दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा भाग लिने उहाँको पूर्वनिर्धारित कार्यक्रम थियो ।  

अमेरिकामा रहँदा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै कतारमा पनि उहाँले द्विपक्षीय भेटवार्तालाई त्यसैगरी निरन्तरता दिनुभयो । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि मन्त्री राणाले आफ्नो विदेश भ्रमण अत्यन्त सफल भएको दाबी गर्नुभएको छ । 

‘कतारमा एसिएन कोअपरेटिभ डाईलग थियो । त्यसमा २ वटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो’, उहाँले भन्नुभयो, ‘यी कुराहरुलाई हामीले राख्यौं त्यहाँ । वर्ल्ड पिस, एसियामा भइरहेको लडाईंका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डिम्लोमेसीको कुरा पनि थियो ।’

 

टिप्पणीहरू