उपेन्द्र यादव पहिले फिलिपिन्स,अहिले चिली

उपेन्द्र यादव पहिले फिलिपिन्स,अहिले चिली

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दक्षिण अमेरिकी मुलुक चिली पुगेका छन् । उनी प्रोग्रेसिभ एलायन्सको विश्व सम्मेलनमा सहभागी हुन गएका हुन् । 

यादव अस्ति राति २ बजे कतार एअरवेजको उडानमा दोहा हुँदै त्यता गएको र उनीसँग पार्टीको विदेश विभाग प्रमुख धनकुटाका अर्जुन थापा पनि सहभागी हुन लागेको बुझिएको छ ।

यसअघि साउन दोस्रो साता यादव प्रोग्रेसिभ एलायन्सको एसिया प्यासिफिक १५ औं वार्षिक सम्मेलनमा सहभागी हुन फिलिपिन्स गएका थिए । एलायन्सको ब्रोडर कन्फरेन्समा उनले ‘ग्लोबल क्राइसिस’ शीर्षकमा धारणा राखे । 

नेपालबाट नेपाली काँग्रेस र जसपा नेपाल फिलिपिन्स सम्मेलनमा सहभागी थिए । उक्त एलायन्समा काँग्रेस पूर्णकालीन र जसपा सह–सदस्य थियो । यस पटकदेखि जसपा पूर्ण सदस्य बनेको हो । भारतका काँग्रेस आईलगायत चार दल उक्त एलायन्सको सदस्य छन् । 

सोसलिष्ट इन्टरनेसनलमा निश्चित मुलुकका राजनीतिक दलहरुको बर्चश्व रहेपछि अन्य मुलकका राजनीतिक दलहरुले प्रोग्रेसिभ एलायन्स गठन गरेका थिए । विशेषगरी यसमा जर्मनीका राजनीतिक दलहरुको चासो बढी देखिन्छ ।

टिप्पणीहरू