जनमतका आधा दर्जन पदाधिकारी फुक्काफाल

जनमतका आधा दर्जन पदाधिकारी फुक्काफाल

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आधा दर्जन पदाधिकारीको निलम्बन फुकुवा गरेको छ । पार्टी अनुशासनविपरीत काम गरेपछि तीन महिनाका लागि निलम्बित सातजना पदाधिकारीको निलम्बन फुकुवा गरिएको जनाइएको छ । 

राष्ट्रिय उपाध्यक्ष तथा केन्द्रीय अनुशासन विभागका प्रमुख दिपककुमार साहका अनुसार उनीहरुको निलम्बन आजबाट फुकुवा भएको छ । पार्टीले यसअघि राष्ट्रिय सचिव विशेश्वरप्रसाद साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चेया नगरपालिका सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघको पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र पूर्व नगरपालिका सचिव दिपनारायण यादवलाई निलम्बन गरेको थियो । 

निलम्बन फुकुवासँगै आगामी दिनमा पार्टी अनुशासनमा रहेर काम गर्न–गराउन उनीहरुलाई सचेत गराइएको छ । असार २६ गते गरिएको निलम्बन आजदेखि फुकुवा भएको हो ।

टिप्पणीहरू