बाढीपहिरो पीडितहरुसँगको भेटपछि गृहमन्त्री रोशी किनार पुग्दै

बाढीपहिरो पीडितहरुसँगको भेटपछि गृहमन्त्री रोशी किनार पुग्दै
सुन्नुहोस्

गृहमन्त्री रमेश लेखकले आज काभ्रेपलाञ्चोक जिल्लाका बाढीपहिरो पीडितहरुसँग भेटघाट गर्नुभएको छ ।

उहाँ गतसाताको बाढी, पहिरो र डुबानबाट जिल्लाको सबैभन्दा धेरै प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जानुभएको छ। मन्त्री लेखक पनौती नगरपालिका वडा नम्बर १२ को कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र, बेथानचोक गाउँपालिका–४ को पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थान पुग्नुभएको छ ।

स्थानीय बासिन्दासँग राहत र उद्धारबारे कुराकानी गरेपछि मन्त्रीलाई पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारी र बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विस्तृत जानकारी गराएका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएपछि गृहमन्त्रीले क्षतिविक्षत बीपी राजमार्ग र रोशी खोलाले गतसाता पुर्याएको क्षति अवलोकन गर्ने कार्यक्रम छ । उहाँ हिजो ललितपुरको गोदावरी क्षेत्रका पीडितहरुको अवस्था र बाढीले पुर्याएको क्षति अवलोकन गर्न जानुभएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पनि बाढी पहिरोबाट प्रभावितहरुको अवस्था बुझ्न अस्ति काभ्रेपलाञ्चोकको धुलिखेल जानुभएको थियो ।
 

टिप्पणीहरू