एमाले नेता रावलसङ्ग भिड्न तयार
नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकको बीचमा भ्रम नछर्न सोही पार्टीका पूर्वकेन्द्रीय उपाध्यक्ष डा.भीमबहादुर रावललाई चेतावनी दिएका छन् ।
जैसीले आजै एक प्रेस विज्ञप्ती जारी गरेर रावललाई चेतावनी दिएका हुन् । उनले विज्ञप्तीमा लेनिनवादी संगठनात्मक सिद्धान्तसँग मेल नखानेगरी अनावश्क रुपमा सामाजिक सञ्जालमा अन्तरविरोध चर्काउने गरेर लेखिएको विषयप्रति नेकपा (एमाले) सुदूरपपश्चिम असहमति प्रकट गर्दछ भनेका छन् ।
एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसंग सम्वाद गर्न बनेको कार्यदलसंग रावलले तपाईंहरुसित होइन अध्यक्ष केपी शर्मा ओलीसित समस्या छ भनेर विभिन्न सञ्चार माध्यममा बोलेका थिए । सोही विषयमा प्रतिक्रिया दिँदै नेता रावलले आफूले त्यस्तो कुरा नगरेको लेखराजजीले गलत र असत्य बोलेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए । सोही विषयलाई लिएर प्रदेश अध्यक्ष जैसीले विज्ञप्ती जारी गरेको बताइन्छ ।
विज्ञप्तीमा प्रदेश अध्यक्ष जैसीले भनेका छन् –पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक सम्वाद भइसकेपछि निरन्तरता दिनु पर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्चालमा लेखिरहने प्रवृति पार्टीका लागि घातक हुने भएकोले केन्द्रीय अध्यक्षसँग नै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु ।
जैसीले पार्टी तथा विभिन्न मोर्चामा पाँच दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्र वकालत गर्न समेत आग्रह गर्दै यस्तै गतिविधि बढ्दै गए तपाईप्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु भनेर सो विज्ञप्तीमा भनेका छन् ।
टिप्पणीहरू