शीतल निवासमा अमेरिकाको रिपोर्टिङ

शीतल निवासमा अमेरिकाको रिपोर्टिङ

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भेट गर्नुभएको छ । उहाँहरुले राष्ट्रपति पौडेलसँग आज अपरान्ह शीतल निवास पुगेर शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा हालैको अमेरिका भ्रमणबारे जानकारी गराइएको बताइएको छ । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी भएर आउनुभएको हो । प्रधानमन्त्री नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले भ्रमणको समग्र पक्ष र भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छोटो भेटवार्ताबारेसमेत जानकारी गराइएको छ । राष्ट्रपतिले प्राकृतिक प्रकोप प्रभावितको उद्धार,राहत तथा पुनस्र्थापनामा तिब्रताका साथ काम गर्न र मुलुकमा देखिएका समस्या समाधानमा केन्द्रित हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको बुझिएको छ ।

प्रधानमन्त्री असोज १४ गते र पराराष्ट्रमन्त्री असोज १८ गते स्वदेश फर्कनुभएको हो ।

टिप्पणीहरू