माओवादी नेतृ नयाँ दिल्लीमा

माओवादी नेतृ नयाँ दिल्लीमा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल भारत गएकी छन् । उनी आज अपरान्ह काठमाडाैँबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । 

नेता भुसाल इन्डिगोको उडान नम्बर ६इ ११५४ मा अपरान्ह ३ बजे त्यसतर्फ उडेको बताइएको छ । 

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्रका रुपमा चिनिने भुसालको दिल्ली भ्रमणबारे औपचारिक रुपमा केही बताइएको छैन ।

टिप्पणीहरू