राजतन्त्र फर्कंदैन, बयलगाडाहरु संविधान खारेज गराउन चाहन्छन्: प्रचण्ड

राजतन्त्र फर्कंदैन, बयलगाडाहरु संविधान खारेज गराउन चाहन्छन्: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक संकटमा परेको मौका छोपेर एकथरी संविधान संशोधनको नाममा खारेज गराउन उद्धत रहेको बताउनुभएको छ । उहाँले जोसुकैको जस्तोसुकै प्रयास भए पनि मुलुकमा राजतन्त्र नफर्कने ठोकुवा पनि गर्नुभएको छ । 

आज राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले विगतमा बयलगाडा चढेर अमेरिका जान सकिन्न भन्नेहरु नै अहिले गणतन्त्र धरापमा पार्न र संशोधनको नाममा सँविधान खारेज गर्न अघि बढेको आरोप लगाउनुभयो । उहाँले संविधान संशोधनको हल्ला सरकार बनाउने र टिकाउने बहाना मात्रै भएको बताउनुभयो । 

भन्नुभयो, ‘संविधान संशोधनको आवश्यकता थियो भने हिजो मेरो नेतृत्वमा सरकार हुँदा नै किन कुरो उठाइएन ? रातारात सरकार परिवर्तन गर्नु र त्यसलाई पुष्ट्याईं गर्न संशोधनको कुरो उठाइएबाटै कुत्सित मनशाय छर्लङ्ग भइसकेको छ । तर, उहाँहरुको भित्री मनशाय संविधान संशोधन होइन, खारेजी रहेको घटनाक्रम र गतिविधिले संकेत गरिरहेको छ ।’ माओवादी केन्द्र वस्तुनिष्ठ ढंगले संविधान संशोधनको लागि तयार रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यतिखेर कार्यान्वयन महत्वपूर्ण पक्ष हो,संशोधन दोस्रो पक्ष हो ।’

पूर्व राजा ज्ञानेन्द्रको हालैको भुटान भ्रमणको सन्दर्भमा बोल्दै उहाँले राजतन्त्र फर्कने त राजावादीहरुको एकोहोरो प्रचार मात्रै भएको दाबी गर्नुभयो । भुटानमा ज्ञानेन्द्रलाई रातो कार्पेट बिच्छाउँदैमा नेपालमा राजतन्त्र नफर्कने ठोकुवा प्रचण्डको छ । उहाँले उक्त भ्रमणलाई आन्तरिक राजनीतिमा देखिने गरेको खेलोफड्कोको रुपमा अर्थ्याउनुभयो । 

प्रधानमन्त्री चाहिएको भए छाड्न तयार रहेको ३ चोटीसम्म बताउँदा पनि ओलीले तत्काल त्यस्तो चाहना नरहेको र काँग्रेसजस्तो धोकेबाजसँग मिल्न नसकिने बताएको अवस्था थियो । यो तहको घटिया काम हुने विश्वास गरिएन ।

गत असारमा रातारात आफ्नो सरकार ढाल्न लागिएको सूचना थियो कि थिएन भनी सोधिएको प्रश्नमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको विश्वासघातको कारण सरकार ढलेको उल्लेख गर्नुभयो । उहाँको भनाई थियोे, ‘विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको थिएँ । सत्ता सहयात्री एमाले अध्यक्ष ओलीसँग निरन्तर संवादमा थिएँ । प्रधानमन्त्री चाहिएको भए छाड्न तयार रहेको ३ चोटीसम्म बताउँदा पनि ओलीले तत्काल त्यस्तो चाहना नरहेको र काँग्रेसजस्तो धोकेबाजसँग मिल्न नसकिने बताएको अवस्था थियो । यो तहको घटिया काम हुने विश्वास गरिएन ।’

हालैको प्राकृतिक प्रकोपमा विपक्षी दलको नाताले बाढीपहिरो र डुबान पीडितको उद्धार तथा पुनर्स्थापनामा प्रारम्भदेखि सक्रिय भएको बताउनुभएको छ । सरकारले पीडितहरुको समस्यालाई सम्बोधन गर्ने छाँट नदेखाएपछि आफूले सर्वदलीय छलफल राखेको पनि जानकारी गराउनुभयो । संसदको विशेष अधिवेशन बोलाउन पहल नगरेको सन्दर्भमा उहाँको भनाई छ, ‘प्रधानमन्त्री बिदेशमै भएको,बिपत्ति आएको र चाडबाड लागिसकेको सन्दर्भमा विशेष अधिवेशन बोलाउँदा अर्कै म्यासेज जाने सम्भावना देखेर पहल गरिएन ।’

टिप्पणीहरू