हनुमानढोकामा फूलपाती, टुँडिखेलमा हर्षबढाईं

हनुमानढोकामा फूलपाती, टुँडिखेलमा हर्षबढाईं

आज दशैं घरहरुमा फूलपाती भित्र्याईंदैछ । आश्विन शुक्ल सप्तमीका दिन घटस्थापनाको दिन स्थापना गरिएकी नवदुर्गा भवानी एवम् दशैं घरमा बिहानैदेखि फूलपाती भित्र्याउन थालिएको छ । 

उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षसहितको फूलपाती भित्र्याउने गरिन्छ ।

काठमाडौंको हनुमानढोका दरबारको दशैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने प्रचलन छ । गोरखाबाट जमलसम्म ल्याइएको फूलपाती निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करले हनुमानढोकामा पुर्याउँछ ।

आजै दिउँसो टुँडिखेलमा फूलपातीको अवसरमा नेपाली सेनाले हर्ष बढाईं गर्दै छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत संवैधानिक अंगका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा हुने विशेष कार्यक्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिन्छ ।

टिप्पणीहरू