विद्युतीय माइक्रोबस दुर्घटना, १५ जना घाइते

विद्युतीय माइक्रोबस दुर्घटना, १५ जना घाइते

अरनिको राजमार्गको पाँचखालमा माइक्रोबस दुर्घटनामा परेको छ । स्थानीय लामिडाँडामा भएको दुर्घटनामा १५ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइन्छ । 

प्रहरीका अनुसार रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–००२ ज ६२३९ नम्बरको बिद्युतीय माइक्रोबसले रोकिराखेको जीपलाई ठक्कर दिँदा २१ वर्षे यात्रु खेमराज तामाङ सख्त घाइते भएका हुन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू