बाबुको हातबाट प्रधानमन्त्रीद्वारा टीका ग्रहण, दिउँसो शीतल निवास जाने

बाबुको हातबाट प्रधानमन्त्रीद्वारा टीका ग्रहण, दिउँसो शीतल निवास जाने

 प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले दशैँको टीका लगाउनुभएको छ । 

आज बिहान ११ बजेर ३६ मिनेट जाँदाको शुभ साइत पारेर उहाँले सरकारी निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीको हाटबाट टीका र जमारा ग्रहण गर्नुभएको हो ।

आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा आफन्तजनलाई पनि टीका लगाइदिनुभएको छ । यसपछि उहाँ राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका थाप्न राष्ट्रपति कार्यालय शीतल निवास जाने कार्यक्रम छ।

टिप्पणीहरू