मागेर हैन आफ्नै बुतामा पुनर्निर्माण गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

मागेर हैन आफ्नै बुतामा पुनर्निर्माण गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण र पुनर्स्थापनाको काम सरकारले आफ्नै बलबुतामा अघि बढाउने बताउनुभएको छ । 

व्यापारीसँग जग्गा लिएर पार्टी कार्यालय बनाउन लागेकोमा चौतर्फी आलोचना भैरहँदा उहाँको यस्तो भनाई आएको हो । सीमित बजेटका बाबजुद मागेर भन्दा आफ्नै बुँतामा पुननिर्माणको काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । 

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुननिर्माणबारे सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्नेक्रममा उहाँले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुननिर्माण र पुनर्व्यवस्थापनको काम अघि बढाउन सरकार लागिरहेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले भोली बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र क्याविनेट बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुल निर्माणबारे निर्णय गरिने बताउनुभयो ।

टिप्पणीहरू