मीनबहादुर पहिलेदेखि हाम्रै मान्छे हुन् : एमाले

मीनबहादुर पहिलेदेखि हाम्रै मान्छे हुन् : एमाले

सत्तारुढ नेकपा एमालेले पार्टी मुख्यालय भवन बनाइदिने जिम्मा लिएका भाटभटेनी डिपार्टमेन्टल स्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ पार्टीकै समर्थक भएको प्रष्टीकरण दिएको छ । 

सरकारको नेतृत्व गरिरहेको दलले एकजना व्यापारीबाट चन्दा लिएर पार्टी कार्यालय बनाउन लागेको भन्दै चौतर्फी आलोचना भैरहँदा एमालेको यस्तो प्रतिक्रिया आएको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै व्यवसायी मीनबहादुर गुरुङ एमालेकै समर्थक भएको स्पष्ट पारेका छन् । 

विज्ञप्तिमा व्यापारी गुरुङ विद्यार्थीकालमा अनेरास्ववियुको कार्यकर्ता रहेको र त्यसपछि पार्टीका विभिन्न जिम्मेवारीमा सक्रियतापूर्वक क्रियाशील भएको उल्लेख गरिएको छ । 

‘मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ’, एमालेले भनेको छ । 

गुरुङले अन्तर्मनबाट खुला दिलले गरेको सहयोगलाई पार्टीले स्वीकार गरेको दाबी गर्दै एमालेले यसमा कुनै सौदावाजी र लेनदेनको आशंका नगर्न आग्रह गरेको छ । अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि सफल व्यवसायीहरुबाट सहयोग लिनेदिने परम्परा तथा अभ्यास रहेको उसको तर्क छ ।

 

टिप्पणीहरू