पाँच अर्ब बढी मुद्दती लगानीका लागि राष्ट्र बैंक जोखिम न्यूनीकरण गर्दै

पाँच अर्ब बढी मुद्दती लगानीका लागि राष्ट्र बैंक जोखिम न्यूनीकरण गर्दै

नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदानको ५ अर्ब ३१ करोड रुपैयाँ एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न खोजेको छ । उक्त कोषको रकम लगानीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव पेश गर्न पर्सिसम्मको म्याद दिइएको छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गमा फाइनान्स कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप लगानी गर्ने जानकारी दिएको छ ।

लगानी रकमको जोखिम न्यूनीकरणका लागि १२ वटा शर्त तोकिएका छन् ।

टिप्पणीहरू