आयोग गठनका लागि सर्च कमिटी टुंग्याउने सहमति

आयोग गठनका लागि सर्च कमिटी टुंग्याउने सहमति

शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन टिआरसी आयोग गठन गर्न र त्यसअघि 'सर्च कमिटी' बनाउन प्रमुख तीन दल सहमत भएका छन् । 

आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनन आयोग गठनका लागि सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो । भोलि बस्ने क्याविनेट बैठकले उक्त कमिटीको नाम टुंगो लगाउने बताइएको छ । 

अघिल्लो सरकारकै पालामा सर्च कमिटी गठन गरिएको तर त्यसले पूर्णता पाउन नसकेकाले अहिले तत्काल पूर्णता दिने विषयमा शीर्ष तीन दलका नेताहरु सहमत भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । एक-दुई दिनभित्रै कमिटीले पूर्णता पाउने र आयोग गठनको प्रक्रिया औपचारिक रुपमा शुरु हुने उनले बताए ।

शान्ति प्रक्रियाबारे छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्याधिवक्ता रमेश वडाल सहभागी थिए ।

टिप्पणीहरू