विपद् संकटग्रस्त स्थानीय तहलाई एक करोडसम्मको राहत

विपद् संकटग्रस्त स्थानीय तहलाई एक करोडसम्मको राहत

सरकारले बाढीपहिरोबाट प्रभावित ७१ वटा स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ । आज बसेको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणमा बसेको विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले राहतको सीमा तोकेको छ । 

बैठकले विपद् संकटग्रस्त घोषित ७१ वटा स्थानीय तहलाई तीन समूहमा विभाजन गरेको छ । जसअनुसार पहिलो समूहका नौ वटा स्थानीय तहलाई एक करोड रुपैयाँका दरले रकम छुट्याइएको छ । 

दोस्रो समूहका १२ वटा स्थानीय तहलाई ७५ लाख र तेस्रो समूहका ५० वटा स्थानीय तहलाई ५० लाख रुपैयाँका दरले रकम छुट्याइएको प्राधिकरणले जनाएको छ ।

टिप्पणीहरू