तोकियो निर्वाचन अधिकृतको कार्यालय

तोकियो निर्वाचन अधिकृतको कार्यालय

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका निम्ति निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । आयोगको आज बसेको बैठकले निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हो । 

जसअनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ । 

यस्तै, वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने आयोगद्वरा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू