विपक्षीहरुको बैठकमा एमालेले दान लिएको जग्गाको चर्चा

विपक्षीहरुको बैठकमा एमालेले दान लिएको जग्गाको चर्चा

संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरुको बैठक बसेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलका अध्यक्ष तथा नेताहरु सहभागी बैठकमा समसामयिक राजनीतिबारे छलफल गर्ने बताइएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा डाएिको बैठकमा बाढीपहिरो पछिको अवस्था, सरकारको पछिल्लो एकसय दिनको समीक्षा र एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग दान लिएको १० रोपनी १४ आना जग्गाबारे छलफल हुने बुझिएको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको बताइएको छ । 
 

टिप्पणीहरू