विपक्षीहरुको बैठकमा सत्तापक्षका नेता सहभागी

विपक्षीहरुको बैठकमा सत्तापक्षका नेता सहभागी

प्रमुख प्रतिपक्ष दलको आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा सत्तापक्षका नेता पनि सहभागी भएका छन् । 

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका हुन् ।  लोसपाबाट केपी ओली नेतृत्वको सरकारमा शरतसिंह भण्डारी मन्त्री छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु उपस्थित छन् ।

बैठकले बाढी पहिरोपछि खोज, उद्धार र पुन:स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष निकालेको छ । त्यस्तै, सरकारको  एकसय दिनको समीक्षा र एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग दान लिएको १० रोपनी १४ आना जग्गाबारे पनि छलफल भएको बुझिएको छ ।

प्रतिपक्षी दलहरुका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने समझदारीसमेत बनेको बताइएको छ ।

टिप्पणीहरू