पार्टी फुटाउने अध्यादेशको विपक्षीले मिलेर प्रतिवाद गर्ने

पार्टी फुटाउने अध्यादेशको विपक्षीले मिलेर प्रतिवाद गर्ने

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सामुहिक प्रतिवाद गर्ने भएका छन् । 

संसद्को यहि कार्यकालमा नेकपा एमालेलाई पहिलो दल बनाउने रणनीतिका साथ सरकार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको चर्चा चलिरहँदा आज बसेको विपक्षी दलहरुको बैठकले त्यस्तो समझदारी गरेको हो । सरकार अध्यादेश ल्याएर साना दल फुटाउने र नेताहरुलाई तर्साउनेतर्फ उद्धत देखिएको विपक्षी दलका नेताहरुको ठम्याई छ । 

जसपा नेपालबाट फुटेर बनेको अशोक राई नेतृत्वको जसपाका ७ र एकीकृत समाजवादीका केही सांसदलाई एमालेमा मिसाउने र कांग्रेसभन्दा ठूलो बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । तर, दल विभाजनसम्बन्धी कानुन रिक्त रहेकाले अशोक समूहले दलको मान्यता पाएको छैन । 

जसपा विभाजनविरुद्ध परेको रिट अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । उपेन्द्र यादवले हालेको मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै अदालतले विभाजनसम्बन्धी निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो । जसका कारण अशोकको जसपाले वैधानिकता पाएको छैन । 

नेकपा एमालेसँग अहिले प्रतिनिधिसभामा ७८ सांसद छन् । ८८ सांसद रहेको पहिलो दल काँग्रेसलाई जित्न उसलाई थप ११ सांसद चाहिन्छ ।

टिप्पणीहरू