पोखरामा प्रतिवाद गर्ने रास्वपाको तयारी

पोखरामा प्रतिवाद गर्ने रास्वपाको तयारी

पार्टी सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिवाद गर्ने निर्णय गरेको छ । रविविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बसेको रास्वपा गण्डकी प्रदेश र कास्की जिल्ला समितिको बैठकले उक्त निर्णय गरेको बताइन्छ ।

प्रहरीले काठमाडौंमा पक्रेर राति नै पोखरा पुर्याएपछि कडा प्रतिवाद गर्ने तयारीस्वरुप पार्टीको प्रदेश र जिल्ला समितिको बैठक बसेको हो । बैठकले गरेको निर्णय औपचारिक रुपमा बाहिर आएको छैन ।

टिप्पणीहरू