जिप दुर्घटनामा दुई जनाको मृत्यु, २८ जना घाइते

जिप दुर्घटनामा दुई जनाको मृत्यु, २८ जना घाइते

पूर्वी नवलपरासीको कावासोतीमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कावासोती नगरपालिका–१, बालुवाडाँडामा भएका दुर्घटनामा २८ जना घाइते भएको बताइन्छ । 

सदरमुकाम कावासोतीतर्फ जाँदै गरेको बागमती प्रदेश ०७–००१–ज–००२० नम्बरको जिप दुर्घटनाग्रस्त भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुको भरतपुर र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू