एमालेको कार्यालय बनाउन क्रान्तिकारीको चन्दा अभियान

एमालेको कार्यालय बनाउन क्रान्तिकारीको चन्दा अभियान

सत्तारुढ नेकपा एमालेको पार्टी कार्यालय बनाउन प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चन्दा उठाउने भएको छ । 

बालुवाटार जग्गा काण्डका आरोपितसँग 'दान' लिएर एमालेले कार्यालय निर्माण गर्न लागेको भन्दै त्यसको विरोधस्वरूप क्रान्तिकारीले एक रुपैयाँ सहयोग संकलन गर्न लागेको हो । सो संगठनको प्राविधिक जिल्ला समितिले आज प्रदर्शनीमार्गबाट रकम उठाउन सुरु गर्ने जानकारी गराएको छ । 

एमालेले गिरीबन्धु टि-स्टेट, टेरामक्स, अरुण सम्झौता, संसद विघटन, ललिता निवास, भूटानी शरणार्थी, पीसीआरलगायत विभिन्न काण्डसँग अर्बौंको जग्गा साटफेर गरेको माओवादी विद्यार्थीको आरोप छ ।

टिप्पणीहरू