प्रधानमन्त्रीलाई क्रान्तिकारीको प्रश्न : महाकाली सन्धीले पुगेन प्रधानमन्त्रीज्यू ?

प्रधानमन्त्रीलाई क्रान्तिकारीको प्रश्न : महाकाली सन्धीले पुगेन प्रधानमन्त्रीज्यू ?

सत्तारुढ नेकपा एमालेको पार्टी कार्यालय बनाउन प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चन्दा संकलन अभियान शुरु गरेको छ । 

बालुवाटार जग्गा काण्डका आरोपितसँग 'दान' लिएर एमालेले कार्यालय निर्माण गर्न लागेको भन्दै त्यसको सांकेतिक विरोधस्वरूप क्रान्तिकारीले एक रुपैयाँ सहयोग संकलन शुरु गरेको हो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रामाणित भ्रष्टाचारीसँग रहस्मय दान लिएको माओवादी विद्यार्थीहरुले बताएका छन् । 

आज दिउँसो प्रदर्शनीमार्गबाट शुरु भएको चन्दा उठाउने अभियानका क्रममा विद्यार्थीहरुले ‘बालुवाटार मुद्धासँग अर्बौको जग्गा साटफेर गर्ने कस्तो प्रधानमन्त्री ?’, ‘तपाई जनताको प्रधानमन्त्री कि भ्रष्टाचारीको ?’, महाकाली सन्धीले पुगेन प्रधानमन्त्रीज्यू ? अझै कति भ्रष्टाचार गछौँ ?’ लेखिएका प्लेकार्ड पनि देखाए । त्यसक्रममा उनीहरुले ‘एक अर्बको भवन मदन भवन कि मीन भवन ?’ भनी प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका छन् । 

भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले एमालेलाई कार्यालय भवन बनाउन कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दिएका छन् । असोज २५ गते पार्टी कार्यालयको भवन शिलान्याससमेत भइसकेको छ । 

तर, यो विषयलाई लिएर यतिबेला सर्वत्र आलोचना भइरहेको छ ।

टिप्पणीहरू